४ कार्तिक २०८३, बुधबार

नायिका दिशा पटानी घाइते

10.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बइ । बलिउड फिल्मका कारण भन्दा पनि टाइगर श्राफसँगको प्रेम सम्बन्धका कारण पनि नायिका दिशा पटानी चर्चामा आइरहन्छिन् ।

दिशा पटानीको फिल्म ‘भारत’ अहिले बक्स अफिसमा सफल भइरहेको छ । फिल्ममा उनको साथमा सुपरस्टार सलमान खान र क्याट्रिना कैफ छन् ।

दिशाका फ्यानका लागि भने दुःखद खबर बाहिर आएको छ  ।

दिशा अर्को नयाँ फिल्म मलंगको सुटिङमा थिइन् । सुटिङका क्रममा उनलाई चोट लागेको छ । फिल्मको एक गीतको सुटिङका वेला चोट लागेको हो । तर, प्राथमिक उपचारपछि उनले फेरि सुटिङ गरेको बताइएको छ ।

संयोग के छ भने दिशा फिल्म ‘भारत’को सुटिङका वेला पनि घाइते भएकी थिइन् । दिशाका अनुसार भारत फिल्ममा ‘स्लो मोसन’ गीतमा उनलाई चोट लागेको थियो ।

उनको घुँडामा समस्या आएको थियो । दिशा फिल्मको कारण मात्र नभएर टाइगर श्राफसँगको प्रेम सम्बन्धका कारण पनि चर्चामा आइरहन्छिन् ।