
काठमाडौँ, ८ असार । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र भाटभटेनी मनी ट्रान्सफरबीच विप्रेषन कारोवार सम्बन्धी सम्झौता भएको छ ।
बैंक र उक्त कम्पनीबीच आयोजित एक कार्यक्रममा सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र भाटभटेनी मनी ट्रान्सफर प्रालिका तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक राजन कुमार अमात्यले हस्ताक्षर गरे ।
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गहरुलाई विभिन्न प्रकारका बैंकिङ सुविधाहरु दिँदै आएकोमा यस सम्झौता अनुसार यस बैंकका ग्राहक महानुभावहरुले स्वदेश तथा विदेशबाट भाटभटेनी मनी ट्रान्सफरमार्फत पठाएको रकम सांग्रिला डेभलपमेण्ट बैंकको देशैभरी रहेका शाखा कार्यालयहरुबाट सहज तथा सरल रुपमा प्राप्त गर्न सक्नेछन् ।
यस सेवा अन्तर्गत ग्राहकले बैंकको हाल संचालनमा रहेका ८५ वटै शाखाहरुबाट आफ्ना ग्राहकलाई यो सुविधाको थालनी गरेको बैंकले जनाएको छ ।















प्रतिक्रिया