४ कार्तिक २०८३, बुधबार

१३औँ राष्ट्रिय एएसए आर्किटेक्चर प्रदर्शनी सम्पन्न

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, ८ असार । राइनो ५०० डि तथा रिद्धि सिद्धि सिमेन्टको संयुक्त सहकार्य लगायतको सहायतामा वास्तुकला र यसका विभिन्न पक्षका साथै पुनःनिर्माण र नेपालका सम्पदा तथा निर्माणसम्बन्धी सम्पूर्ण विषयहरुको एकै थलोमा विस्तृत जानकारी दिने उद्देश्यले १३ औँ राष्ट्रिय एएसए आर्किटेक्चर प्रदर्शनी गरिएको छ ।

शुक्रबार सुरु भएको प्रदर्शनीमा वास्तुकलाले सामान्य जीवनमा पार्ने असरदेखि विश्वमा रहेको वास्तुकलाको अवस्थाबारे निकै रचनात्मक रूपमा विद्यार्थीहरूले प्रस्तुति दिएका थिए ।

पुल्चोकस्थित पुल्चोक इन्जियरिङ कलेज भएको तीनदिने प्रदर्शनी आइतबार सम्पन्न भएको हो । प्रदर्शनीमा वास्तुकलाका साथै विद्यार्थीहरुले चित्रकला, काष्ठकला तथा अरु विषयमा समेत बेजोड प्रस्तुति गरेका थिए ।

मजबुत निर्माणका लागि गुणस्तरीय सामाग्रीको प्रयोगलाई प्रोत्साहन गर्दै आइरहेको जगदम्बा स्टील्स्को राइनो ५०० डि तथा रिद्धि सिद्धि सिमेन्टले १३ औँ राष्ट्रिय एएसए आर्किटेक्चर प्रदर्शनीको आयोजनामा सहायता पु¥याएको थियो ।