४ कार्तिक २०८३, बुधबार

जनता बैंक र लिडरशीप एकेडेमीबीच सम्झौता

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, ८ असार । जनता बैंक लिमिटेड र लिडरशीप एकेडेमी नेपाल (ल्यान)बीच सम्झौता भएको छ ।

बैंकको विभिन्न तहका कर्मचारीहरुको क्षमता अभिवृद्धि र नेतृत्व विकास सम्बन्धी राष्ट्रिस्तरको शिक्षा तथा तालिम सञ्चालन गर्न सम्झौता भएको हो ।

सम्झौतापत्रमा जनता बैंकका प्रमुख कार्यकारी अधिकृत परशुरामकुँवर क्षेत्री र एकेडेमीका फाउण्डर तथा सीटीओ अरुण राजजोशीले हस्ताक्षर गरे ।

लिडरशीप एकेडेमी नेपाल (ल्यान)ले राइस युनिभर्सिटी बिजनेस स्कुल अमेरिकाको उच्चस्तरीय तथा अन्तर्राष्ट्रिय स्तरको सिप विकास, व्यवसायीक दक्षता तथा नेतृत्व विकास सम्बन्धी शिक्षामा आवश्यकता अनुसार विभिन्न तहका कर्मचारीहरुलाई तालिम प्रदान गर्दछ ।

यस्ता तालिम तथा सिपमुलक शिक्षा अनलाइन कोर्स, गोष्ठि तथा सेमिनारहरुमार्फत प्रदान गरिने छ । ल्यानले बिशेष गरी एड्भान्स लिडरशीप प्रोग्राम, एक्जुकेटिभ लिडरशीप प्रोग्राम, अनलाइन राइस डेलिभरी जस्ता कार्यक्रममार्फत शिक्षा प्रदान गर्नेछ ।

यस किसिमको शैक्षिक तथा तालिमको माध्यमबाट बैंकका कर्मचारीहरुको कार्य दक्षता तथा व्यवसायीक कुशलता अभिभृद्धि हुनुको साथै उनीहरुको नेतृत्व क्षमता विकासमा महत्वपूर्ण उपलब्धि हासिल हुने विश्वास लिइएको छ ।