
काठमाडौं । पर्दाको दुनियाँ ग्ल्यामरको दुनियाँ पनि मानिन्छ । तर यस क्षेत्रमा ग्ल्यामरको नाममा भल्गर हुने क्रम विस्तारै बढ्न थालेपछि प्रहरी चनाखो भयो ।
केही महिनाअघि अश्लील अन्तरवार्ता र ‘कसैसँग रात बिताएको पारिश्रमिक’ समेत बताएकी कथित मोडल परि तामाङलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको थियो ।
उनले आफ्ना केटासाथीसँग बनाएको ब्लु भिडियो सार्वजनिक भएको थियो । त्यसअघि अति नै भल्गर दृश्य दिएर केही म्युजिक भिडियोमा आएकी थिइन् । त्यसबेला तामाङलाई लिएर भिडियो र फिल्म बनाउने टोली पनि सक्रिय थियो ।
तामाङ भल्गर प्रस्तुती र दृश्य तथा तस्बिर दिएका कारण केही समय व्यस्त भइन् । उनको भिडियो आएपछिचाहिँ केही समय गुमनाम भएकी थिइन् । तर उनको दैनिकीमा कुनै फरक थिएन । क्लव पबमा उनलाई प्रायः सबैले देख्थे । अझ, आफ्नो दररेट नै बताएकी उनलाई खर्च टार्न के कमी थियो र ? अन्ततः मिडियाबाटै खुलेआम भएपछि प्रहरीले उनलाई कस्टडीमा राखेको थियो ।
अर्चना पनेरुले सर्वाङ्ग नग्न भएर तस्बिरहरू खिचाइन् । मिडियामा भाइरल हुन थालेपछि केही समय नेपालको फिल्म उद्योगसँग सम्बन्धित क्षेत्रमा उनको चर्चा पनि भयो । केही कलाकारले उनलाई अभिनेत्रीका रूपमा फिल्म पनि खेलाए । ‘छेस्को’, ‘जिस्म’ जस्ता फिल्ममा उनले अभिनय पनि गरिन् । तर, युट्युव र पोर्नसाइटमा हिट भएकी पनेरुलाई दर्शकले रुचाएनन् ।
त्यसपछि आमा सुनिता पनेरुसँगै सामाखुसीमा एउटा रेस्टुरेन्ट चलाउन थालिन् । त्यतिले मात्र भएन, अमेरिका छिर्ने भनेर विदेशी नागरिकसँ उनको बिहे भयो, त्यसलाई फर्जी पनि भनियो । केही सीप नचलेपछि उनी भारत पलायन भइन् । अहिले केही मिडियामा साधारण हिसाबले उनको पारिश्रमिकको विषयमा चर्चा हुँदैछ । सन्नी लियोनीझैं बन्न काठमाडौं छिरेकी पनेरुलाई कसैले पत्याइदिएन बरु, सन्नीलेचाहिँ व्यावसायीक नेपाली फिल्ममा आइटम डान्स गरेवापत २ करोड लिएको चर्चा छ ।

तर काठमाडौं बसुञ्जेल पनेरुले काम नपाए पनि दामचाहिँ हुन्थ्यो । उनी दिनहुँ जस्तो दोहोरी, पब र क्लवमा पुगेका तस्बिरहरू सार्वजनिक भइरहन्थे । एक कलाकार भन्छन्,‘नेपाली फिल्ममा नांगिएर आउनेलाई समय दिने केही सी क्लासका निर्माताहरू पनि छन् । जसले फिल्म भन्दा निजी स्वार्थमा प्रयोग गर्ने स्वार्थ राखेर गर्जो टारिदिन्छन् ।’
तामाङ, पनेरु प्रतिनिधि पात्र मात्र हुन् । पर्दामा देखिएका कुनै समय चलेका तर पछि बेरोजगार भएकाहरूको अहिलेको नीजि जीवन पनि महँगो र खर्चिलो हुने गरेको छ ।
काम गरेकै आधारमा त्यस्ता ठाउँमा जाने उनीहरूको आर्थिक हैसियत हुने थियो होला तर बेरोजगार हुँदा पनि रवाफमा कमी नआउनुलाई शंकाको घेरामा राख्दै कलाकार संघका एकजना अधिकारी भन्छन्,‘कतिपयको आम्दानीको स्रोत ओपन सेक्रेट छ । पैसा लुटाउनेको कमी छैन । नाम किटेरै भन्यो भने भोली फेरि मिटु भनी दोष लगाउन बेर छैन ।’
क्यामेराको दुरुपयोग, युट्युवको विकृति
अहिले इन्टरनेटमार्फत युट्युव च्यानल चलाउनेहरूले दर्शक बढाउनका लागि भल्गर र अश्लीलतालाई बढी समातेका छन् । यस्तै प्रकारका भिडियो कलाकारलाई लिएर सस्क्राइबर बढाउने र युट्युवमार्फत पैसा कमाउने रहरले अश्लीलतामा अझ बढावा भएको सरोकारवालाहरू बताउँछन् ।
‘अश्लील बोलिदिने हिट हुन खोज्छ, त्यस्तालाई बोलाएर हिट बनाउने चाहना राख्ने सञ्चालक पनि छन्’, प्रहरी अधिकारी भन्छन्,‘यसले कलाकारितामात्र होइन, सामाजिक विकृति पनि बढाएको छ ।’















प्रतिक्रिया