१८ कार्तिक २०८३, बुधबार

मिडिया बिधेयक विरुद्ध संकलित हस्ताक्षर प्रधानमन्त्रीलाई बुझाईयो

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


–बिजय चालिसे
कावासोती, ६ असार । नेपाल पत्रकार महासङ्घ नवलपुर शाखाले केन्द्रको परिपत्र अनुसार मिडिया काउन्सिल बिधयेकको बिरुद्ध संकलन गरिएको हस्ताक्षर प्रधानमन्त्री केपि शर्मा ओलीलाई बुझाएको छ ।

आज बिहान जिल्ला प्रशासन कार्यालय नवलपुर मार्फत प्रधानमन्त्री ओलीलाई संकलित हस्ताक्षर बुझाईएको पत्रकार महासङ्घ नवलपुरका अध्यक्ष होमराज रानाभाटले जानकारी दिनुभयो । संकलित हस्ताक्षर बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी चुणामणी गौतमले हस्ताक्षर प्रधानमन्त्री ओलिसमक्ष पठाउने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सिल विधेयक फिर्ता लिन माग राख्दै नेपाल पत्रकार महासंघले घोषणा गरेको तेस्रो चरणको आन्दोलन अन्तर्गत मंगलबारदेखि देशव्यापी प्रेस स्वतन्त्रताको पक्षमा हस्ताक्षर संकलन अभियान सुरु गरिएको थियो ।

विधेयकमा भएका प्रेस स्वतन्त्रता विरुद्धका प्रावधानहरु अविलम्ब फिर्ता लिन माग राख्दै महासंघले दुई चरणमा आन्दोलन गरेपनि सरकारले आन्दोलनलाई उपेक्षा गरेपछि तेस्रो चरणको आन्दोलन घोषणा गरिएको थियो ।