४ कार्तिक २०८३, बुधबार

गायकलाई बलात्कारको झुटो आरोप लगाउने महिला पक्राउ

8.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । भारतको मुम्बई प्रहरीले टेलिभिजन अभिनेता एवं गायक करण ओवरोयमाथि बलात्कारको झुटो आरोप लगाउने महिलालाई पक्राउ गरेको छ ।

करणलाई ती महिलाले मे ६ मा बलात्कार तथा ब्ल्याकमेल गरेको उजुरी दिएपछि प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका करणलाई अदालतले ६ जुनमा जमानतमा रिहा गरेको थियो ।

मुम्बई प्रहरीले ती महिला पक्राउ गरेको पुष्टि गरेको छ । प्रहरीले ती महिलालाई झुटो उजुरी दिएको र आफैमाथि हमलाको षड्यन्त्र गरेको आरोपमा पक्राउ गरेको जनाएको छ ।

पक्राउ परेकी ती महिलाले गत २५ जुनमा मोटरसाइकलमा आएका दुई जनाले आफूमाथि हमला गरेको र करणमाथि लगाइएको आरोप फिर्ता लिन धम्की दिएको बताएकी थिइन । सो समयमा उनले आफूमाथि एसिड हान्ने असफल प्रयासमसेत भएको जनाएकी थिइन् ।

प्रहरीले सो उजुरीका आधारमा केहि दिनपछि दुई व्यक्तिलाई पक्राउ गरेको थियो । उनीहरू पक्राउ परेपछि पक्राउ परेका मध्ये एक ती महिलाका वकिलका नातेदार रहेको खुलासा भएको थियो ।

पक्राउ परेका ती दुबै व्यक्तिले महिलाको योजनामा सो नियोजित हमला गरिएको र त्यसका लागि आफूहरूलाई १० हजार भारू दिएको बताएका थिए । एजेन्सी