४ कार्तिक २०८३, बुधबार

फिफा महिला विश्वकप फुटबलमा अर्जेन्टिना बालबाल बच्यो

2.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, ५ असार । फिफा महिला विश्वकपमा अर्जेन्टिना हारबाट जोगिएको छ । अन्तिम १५ मिनेटमा तीन गोल गरेपछि अर्जेन्टिनाले स्कटल्याण्डलाई ३–३ गोलको बराबरीमा रोकेको हो ।

स्कटल्याण्डले १९ औं मिनेटमा किम लिटिलको गोलबाट अग्रता लिएको थियो । पहिलो हाफमा यही गोलको अग्रता लिएको स्कटल्याण्डले ४९औं मिनेटमा दोस्रो गोल गर्‍यो ।

जेनिफर बिटीले गोल गर्दै स्कटल्याण्डको अग्रता २–० मा लम्ब्याइन् । ६९औं मिनेटमा इरिन कटबर्टले गोल गरेपछि स्कटल्याण्डले तीन गोलको अग्रता लियो ।

तर अर्जेन्टिनाले अन्तिम १५ मिनेटमा तीन गोल गर्‍यो । ७४औं मिनेटमा मिलाग्रोस मेनेडेजले गोल गरिन् ।

त्यसपछि ७९औं मिनेटमा गोलपिकर लि अलेक्सान्दरले आत्मघाती गोल गर्न पुगिन् । क्रशबारमा लागेको बल गोलकिपरलाई ठोकिएर गोल भएपछि अर्जेन्टिनाले स्कटल्याण्डको अग्रता ३–२ मा ल्यायो ।

इन्ज्युरी समयको अन्तिम मिनेटमा अर्जेन्टिनाले पेनाल्टी पायो । पहिलो पेनाल्टी प्रहार लिग अलेक्सान्दरले रोकेकी थिइन ।

तर, भीएआरले गोलकिपरको गल्ति देखाएपछि फेरि लिइएको पेनाल्टीलाई मारिया बोन्सेगुन्डोले गोल गर्दै अर्जेन्टिनाको नकआउट चरणको झिनो आशा कायम राखिन् । समूहमा अर्जेन्टिनाको दुई बराबरीबाट २ अंक छ । स्कटल्याण्डको एक अंकमात्र छ ।

समूह डी अन्तर्गतको खेलमा स्कटल्याण्ड र अर्जेन्टिनाले अंक बाँढ्दा पराजित भएको जापानलाई फाइदा भएको छ । जापान समूहको उपविजेता बन्दै प्रिक्वार्टर फाइनलमा पुगेको छ । अन्तिम खेलमा जापान इंग्ल्याण्डसँग २–० ले पराजित भयो ।

इंग्ल्याण्डलाई जित दिलाउनका लागि एलिन ह्वाइटले दुई गोल गरिन् । ह्वाइटले १४औं र ८४औं मिनेटमा गोल गरेकी थिइन् ।