४ कार्तिक २०८३, बुधबार

रीता शाहीको पहिलो लोकदोहोरी रिलिज

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । रीता शाहीको पहिलो लोकदोहोरी गीत ‘तिमलाई खुसी अन्तै मिल्छ भने’ लोक दोहोरी गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गजल, मुक्तक, कविता र लघुकथामा कलम चलाउँदै आएकी शाहीले लोकदोहोरी गीत बजारमा ल्याएकी हुन ।

तितामिठा पलहरू नामक गजल संग्रह प्रकाशित गरिसकेकी शाहीले पहिलो पटक आफ्नै शब्द तथा स्वर भरेकी छिन । रामचन्द्र बोहोरा र शाहीको श्वरमा रहेको उक्त गीत मालाश्री रेकर्डिङ स्टुडियो काठमाडौंमा रेकर्डिङ गरिएको हो ।

म्युजिक भिडियोमा सोनिया थापा र चिरञ्जीवी खड्काले अभिनय गरेका छन । भिडियोको छायांकन डिबी रौले र निर्देशन रीता शाहीले गरेकी छिन ।

राजेन्द्र बाजुरालीको लय रहेको गीतको एरेन्ज पनि बाजुरालीले नै गरेका हुन ।