४ कार्तिक २०८३, बुधबार

एनआईसी एशिया बैकद्वारा सियारीमा काउन्टर स्थापना

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ असार । शाखा तथा एटिएम सन्जालको आधारमा देशको सबैभन्दा ठूलो बैंक यस एनआई सी एशिया बैंकले रुपन्देही जिल्लाको सियारी गाउपालिका वडा नं. ३ मा सियारी विस्तारित काउन्टरको स्थापना गरिएको छ ।

मंगलबार एक समारोहका बीच सोही गाउँपालिकाका अध्यक्ष अयोध्या थारुले शाखाको उद्घाटन गरेका हुन । प्रदेश नं. ५ का प्रमुख तिलकसुन्दर कार्कीको सभापत्तित्व र गाउँपालिका अध्यक्ष अयोध्या थारुको प्रमुख आथित्तता रहेको कार्यक्रममा बैँकका वरिष्ठ अधिकृत राम कृष्ण काफ्लेको ले स्वागत मन्तब्व राखेका थिए । कार्यक्रम सहायक उपप्रादेशिक कार्यलय प्रमुख विनोद पोखरेलले संचालन गरेका थिए ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा मुलुकभर २८४ शाखा कार्यालयहरु, २९५ एटिएम, ४६ वटा एक्सटेन्सन काउण्टर एवं ३२ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।