सोमबार, ६ साउन २०७६
DainikNepal.com
सोमबार, ६ साउन २०७६

अस्पतालमा दुई समूहबीचको झडपमा गोली प्रहार, पाँचको मृत्यु

दैनिक नेपाल २०७६ असार ३ गते १३:३३

इस्लामाबाद, २ असार । पाकिस्तानको पूर्वी प्रान्त पञ्जाबमा एक अस्पतालभित्र दुई समूहबीच भएको झडपमा पाँच व्यक्तिको मृत्यु भएको छ ।

पञ्जाब प्रान्तको नान्काना साहिब जिल्लामा रहेको एक अस्पतालमा सो घटना भएको स्थानीय सञ्चार माध्यमले मङ्गलबार जानकारी दिएको छ ।

सोमबार अबेर राती जिल्ला प्रमुखकार्यालयहरुको अस्पतालमा दुई समूहबीच भएको विबाद चुलिएपछि एक अर्कालाई गरेको गोली प्रहारमा परी चार जनाको घटना स्थलमा नै मृत्यु भएको थियो ।

यस घटनामा घाइते भएका एक व्यक्तिको उपचारको क्रममा अस्पतालमा मृत्यु भएपछि मृतकको सङ्ख्या पाँच पुगेको बताइएको छ ।

घाइतेहरुमा थप ती जनाको अवस्था अझै पनि गम्भीर रहेको अस्पताल स्रोतले जानकारी दिएको छ । –रासस

प्रतिक्रिया
सम्बन्धित