सोमबार, ६ साउन २०७६
DainikNepal.com
सोमबार, ६ साउन २०७६

पोखरामा ‘नगेन आर्ट लञ्ज एण्ड बार’काे विशेष धमाका, अत्यन्तै नयाँ सेवा प्रदान

दैनिक नेपाल २०७६ असार ३ गते ८:४१

पोखरा, ३ असार । पोखरामा कला प्रवर्द्धन गर्ने उदेश्यसहित ‘नगेन आर्ट लञ्ज एण्ड बार’को स्थापना भएको छ ।

नगेन आर्ट लञ्ज एण्ड बारमा खानाको साथमा संगीत मज्जा लिन सकिनेछ । संगीत मात्रै होइन नगेन आर्ट लञ्ज एण्ड बारमा कलाको अवलोकन पनि गर्न सकिनेछ । कलालाई विशेष महत्व दिएर लञ्ज एण्ड बार स्थापना गरिएको नेपालमा पहिलो हो ।

लञ्ज एण्ड बारमा जन्मदिन मनाउनेहरूलाई विशेष अफर दिइनेछ । लञ्ज बारमा आफ्नै अनुहारको पेन्टिङ गराउने व्यवस्था रहेको लञ्ज एण्ड बारकी अध्यक्ष माया पुनले जानकारी दिइन् । लञ्ज एण्ड बारमा ग्रहकलाई आफ्नै अनुहारको पेन्टिङ बनाउने व्यवस्था राखिएको छ ।

यो लञ्ज एण्ड बारमा पोखरामा फरक विशेषताहरू बोकेको अध्यक्ष पुनको भनाइ छ ।

लञ्ज एण्ड बारमा दैनिक खानाका परिकारहरू विशेष रहन्छन् । फेवा तालको किनारस्थित यस लञ्ज बारमा रुपा तालको माछाका परिकारहरू ग्रहकलाई प्रस्तुत गरिन्छ ।

करीव २ करोड लगानीमा लेकसाईडको मुख्य चोक, हल्लनचोकमा खुलेको लञ्ज एण्ड बारमा करीव २०० जना क्षमताको हलको व्यवस्था छ । ग्राहकलाई समेत सजिलोका लागि थुप्रै टेबुल कुर्सी र कलात्मक रुपले सजाइएको अध्यक्ष पुनले बताइन् ।

लञ्ज एण्ड बारमा प्राप्ति एण्ड द ब्रोदर्स, सैनिक सेभियर, विटनेस, द बिल्स, द डिपार्टेड, द एरोज, सनिम–सोलो आर्टिष्ट, ब्ल्याक रोज, द अरभ, द फियर म्यासिभले विशेष प्रस्तुति दिनेछन् ।

लञ्ज एण्ड बारमा साउण्ड गार्डेनले साउण्ड सिस्टमको व्यवस्थापन गरेको संगीत संयोजक दीपेश पुनले जानकारी दिएका छन् । यी ब्याण्डहरूले हरेक दिन अलग अलग रुपमा प्रस्तुति दिनेछन् ।
लञ्ज एण्ड बारमा कुलपति किरण मानन्धर, रागिनी उपाध्याय, केके कर्माचार्य लगायत ख्याति प्राप्त ४० भन्दा धेरै कलाकारहरूका ५३ कलाकृतिलाई राखिएको छ ।

लायन्स डिस्ट्रिक्ट ३२५ बी १ का पूर्व गभर्नर धुब्र थापा र रेडियो जननीका अध्यक्ष लायन मिलन थापाले ‘नगेन आर्ट लञ्ज एण्ड बार’को उद्घाटन गरेका हुन् ।

पूर्व गभर्नर धुब्र थापाले पोखरामा आर्ट ग्यालरीको अभावको समयमा लञ्ज एण्ड बारका साथै कला प्रर्दशनी हुनु कला क्षेत्रका लागि खुसीको कुरा भएको बताए ।

रेडियो जननीका अध्यक्ष लायन मिलन थापाले अहिलेको समयमा युवा विदेशिने क्रम बढ्दै गरेका बेला स्वदेशमै व्यवसाय गर्नु राम्रो भएको बताए ।

प्रतिक्रिया
सम्बन्धित