बिहीबार, २८ कार्तिक २०७६
DainikNepal.com
बिहीबार, २८ कार्तिक २०७६

कोपा कपमा चिलीसँग जापान ४–० ले पराजित

दैनिक नेपाल २०७६ असार ३ गते ८:१४

लण्डन, ३ असार । कोपा अमेरिका अन्तर्गत मंगलबार भएको खेलमा चिलीले जापानलाई पराजित गरेको छ । चिलीले जापानलाई ४–० ले पराजित गर्दै स्तब्ध बनाएको हो ।

चिलिको जितमा इडुवार्डा भर्गासले दुई गोल गरे भने एलेक्सिस सान्चेज र इरिक पुल्गारले एक गोल गरे । खेलको ४१औं मिनेटमा पुल्गारले गोल गर्दै चिलीलाई अग्रता दिलाए । दोस्रो हाफमा चिलीले तीन गोल गरेको थियो ।

५४औं मिनेटमा भर्गासले र ८२औं मिनेटमा एलेक्सिस सान्चेजले गोल गरेपछि चिलिले ३–० को अग्रता लियो । ८३औं मिनेटमा भर्गासले ब्यक्तिगत दोस्रो गोल गर्दा चिलीले ४–० को जित निकाल्यो ।

प्रतिक्रिया
सम्बन्धित