बिहीबार, २८ कार्तिक २०७६
DainikNepal.com
बिहीबार, २८ कार्तिक २०७६

अफगानिस्तानमा चार आतङ्ककारी मारिए

दैनिक नेपाल २०७६ असार २ गते १७:२६


अफगानिस्तान, २ असार । अफगानिस्तानको कुन्दुज प्रान्तको चाद्रारा जिल्लामा लुकेर बसेका तालिवान लडाकूविरुद्ध सोमबार भएको सैन्य कारबाहीको क्रममा चार जना लडाकू मारिएका छन् ।

स्थानीय समयानुससार सोमबार विहान सबेरै ३ बजे सो कारबाही शुरु भएका थियो । सो इलाकामा पुनः कब्जा गर्ने क्रममा आतङ्ककारीहरुले केही गाउँहरुको समेत हत्या गरेका बताइएको छ । प्रान्तीय प्रहरी प्रवत्ता इनामसदिन रहमानी सोमबार सो जानकारी दिनु भएको छ ।

यस कारबाहीको क्रममा तालिबान लडाकूसँग रहेको हातहतियार बमहरु समेत बरामद गरिएको छ । यस कारबाहीको क्रममा सुरक्षाबलतर्फ भने कुनै हताहत नभएको जनाइएको छ ।

कुन्दुज प्रान्तका केही भागमा सक्रिय रहेका तालिबान लडाकू समूहले भने यस कारबाही कुनै पनि टिप्पणी गरेका छैनन् । –रासस

प्रतिक्रिया
सम्बन्धित