४ कार्तिक २०८३, बुधबार

कोपा कपमा उरुग्वेसँग इक्वेडर चार शून्यले पराजित

560
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, २ असार । कोपा अमेरिका कपमा उरुग्वेले इक्वेडरलाई चार शून्यको भारी अन्तरले हराएको छ । सोमबार बिहान भएको खेलमा उरुग्वेले इक्वेडरमाथि फराकिलो जित निकाल्न सफल भयो ।

एक तर्फी जस्तो बनेको खेलको छैटौँ मिनेटमा लोडीरोको गोलमा उरुग्वेले अग्रता बनाएको थियो । त्यसपछि ३३ औं मिनेटमा काभानीले उसको अन्तर दुई शून्यमा पुर्‍यायो । ४४ औं मिनेटमा लुइस स्वारेजको गोलमा उरुग्वे पहिलो हाफमा तीन शून्यले अगाडि रह्यो ।

दोस्रो हाफमा भने उरुग्वेले अरु मौका पाए पनि गोल गर्न सकेन । ७८ औं मिनेटमा इक्वेडरका मिनाले आत्मघाती गोल गरेपछि उरुग्वे चार शून्यले विजयी भयो । त्यसअघि भएको खेलमा कतारले पाराग्वेलाई दुई दुई गोलको बराबरीमा रोक्न सफल भयो ।