४ कार्तिक २०८३, बुधबार

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

3.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ असार । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ।

निगमका अनुसार इण्डियन आयल कर्पोरेशनबाट आएको नयाँ मूल्य सूचीअनुसार समायोजन गरिएको हो। नयाँ मूल्य सूची अनुसार पेट्रोल, डिजेल र मट्टितेल तीनैथरीमा प्रतिलिटर २–२ रुपैयाँका दरले मूल्य घटाइएको निगमले जनाएको छ।

हवाइ इन्धन एटीएफ तथा खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत छ।

यो मूल्य आइतबार राति १२ बजेदेखि लागू हुनेछ। घटेको मूल्य अनुसार अब पेट्रोल प्रतिलिटर १०८ रुपैयाँ, डिजेल तथा मट्टीतेलमा प्रतिलिटर ९६ रुपैयाँ ५० पैसामा उपलब्ध हुनेछ ।