बिहीबार, २८ कार्तिक २०७६
DainikNepal.com
बिहीबार, २८ कार्तिक २०७६

रामप्रसाद खनालले ल्याए ‘दुलाहा दुलही’ (भिडियोसहित)

दैनिक नेपाल २०७६ असार १ गते १५:१३


काठमाडौँ । अन्तर्राष्ट्रिय कलाकार मञ्च अमेरिकाका अध्यक्ष रामप्रसाद खनालले पञ्चेबाजाको लोक दोहोरी ‘दुलाहा दुलही’ सार्वजनिक गरेका छन् ।

भर्खरै मात्र अमेरिकाबाट नेपाल आएका, नेपाली लोक दोहोरी गीतको विकास र प्रवर्द्धनका अभियन्ता खनालले निकै नाँचौ नाँचौ लाग्ने पञ्जेबाजा गीत सार्वजनिक गरेका हुन् ।

गीत मौलिक र अहिलेसम्म बजारमा आएका अन्य पञ्चेबाजाका गीत भन्दा स्तरिय छ । गीतमा उनको आफ्नै शब्द र स्वर रहेको छ भने उनलाई गायनमा पूर्णकला बिसीले साथ दिएकी छन् । संगीत क्षेत्रका चर्चित हस्ती थानेश्वर गौतमको संगीत र अहिलेका भाइरल एरेञ्जर आशिश अबिरलको म्युजिक एरेन्ज रहेको छ ।

गीतको भिडियोमा चर्चित निर्देशक शंकर बिसीको कोरियोग्राफी छ । शंकर बिसी र सर्जक खनालले संयुक्त निर्देशन गरेको भिडियोमा मोडल करिश्मा ढकालसहितका कलाकारहरुको अभिनय रहेको छ ।

अग्रज हाँस्य कलाकारद्वय किरण केसी र शिवहरी पौडेलको बिशेष अभिनय समेत रहेको छ । गीत विवाहका बेला र बिबाहको पार्टीमा सदाबहार रुपमा बजाउन र नाँच्न मिल्ने खालको छ ।

हाल सम्म ४७ वटा एल्बम सार्वजनिक गरिसकेका खनालका १२ सय भन्दा बढी गीतहरु सार्वजनिक भएका छन् । नेपाली भाषा, साहित्य, कला, गीत संगीत र पत्रकारिताका क्षेत्रमा लामो समयदेखि कार्यरत खनाल हाल अमेरिका बस्छन् ।

प्रतिक्रिया
सम्बन्धित