बिहीबार, २८ कार्तिक २०७६
DainikNepal.com
बिहीबार, २८ कार्तिक २०७६

नायिका ज्याकलिनका यस्ता छन् व्यक्तिगत कुरा

दैनिक नेपाल २०७६ असार १ गते ९:०६

मुम्बई । बलिउड नायिका ज्याकलिन फर्नान्डिस पछिल्लो समय कुनै सिनेमा देखिएकी छैनिन् । सिनेमाबाट दर्शकसँग नजोडिएपनि उनी सामाजिक संजालबाट भने जोडिरहेकी हुन्छिन् । उनको सक्रियता विशेषगरी इन्स्टाग्राम छ ।

आफ्नो फोटो, भिडियो निरन्तर इन्स्टाबाट अपडेट गरिरहन्छिन् । ज्याकलिनले इन्स्टाग्रामबाट आफ्नो जीवन सबैभन्दा ठूलो गल्तीका बारेमा खुलासा गरिन् ।

उनले ‘मान्छेले आफ्नो बारेमा के सोच्लान र के भन्लान् भनेर चिन्ता गर्नु’ रहेको बताएकी छन् । ‘यो सोँचले तपाईको सपना मारिदिन्छ । तपाईं आफ्नो बारेमा के सोच्नुहुन्छ, के भन्नुहुन्छ, यसले अर्थ राख्छ, अरूका लागि बाँच्न छोडिदिनोस्’, इन्स्टाग्राममा उनले लेखेकी छन् ।

उनले आफू संवेदनशिल मानिस भएकाले सामाजिक संजालमा आउने नकारात्मक टिप्पणीले आफूलाई प्रभावित गर्ने बताएकी छन् । अन्तरवार्तामा उनले ‘मलाई इन्स्टाग्रामका मेरा फ्यानहरूसँग लगाव छ तर यस्तोमा त्यहाँ कसैले मलाई केहि भनिदियो भने मलाई किन यस्तो भन्ने लाग्छ’, बताएकी थिइन् ।

अन्तर्वार्तामा उनलाई शो संचालक नेहा थुपियाले सामाजिक संजालका कुराले प्रभावित पर्छ भनेर सोधेको प्रश्नमा उनले आफू प्रभावित हुने बताइन् ।

‘म एकदमै संवेदनशील छु, मलाई नराम्रो लाग्छ । म यी सबै कुराबाट प्रभावित हुन्छु । मलाई त्यो मानिसप्रति मेरो नकारात्मक प्रभाव छ कि भनेर सोच्छु । तर किन, मैले के गरेको छु ?’, उनले भनिन् ।

इन्स्टामा ज्याक्लिनलाई २.८ करोड बढिले फलो गर्छन् भने ट्वीटरमा उनलाई १.३ करोडले पछ्याउँछन् । एजेन्सी

प्रतिक्रिया
सम्बन्धित