शुक्रबार, ३ असोज २०७६
DainikNepal.com
शुक्रबार, ३ असोज २०७६

कर छली काण्डमा परिन् गायिका शकीरा

दैनिक नेपाल २०७६ जेठ ३२ गते १०:५८

लसएञ्जलस । पपस्टार शकीरा १४.५ मिलियन युरो कर छलीको आरोपमा गत बिहीबार बार्सिलोनस्थित अदालत पुगेकी छिन् ।

उनीमाथि सन् २०११ देखि २०१४ को बीचमा स्पेनमा बस्दाताका उनी र उनका सल्लाहकारले कर नतिरेको अभियोग लगाइएको छ । कर नतिरको आरोप लागेपनि स्पेनी मिडियाहरूमा भने शकीराले कर तिरेको आफ्नो समाचारमा जनाएका छन् ।

अदालत जाने क्रमम शाकिरा पत्रकारहरूबाट बच्न ग्यारेज हुँदै अदालत प्रवेश गरेकी थिइन । उनले आफूमाथि लागेको आरोपको खण्डन गर्दै आएकी छन् । उनी स्पेनी फुटबलर जेराड पिंककी विवाहिता पत्नीसमेत हुन् । एजेन्सी

प्रतिक्रिया
सम्बन्धित