४ कार्तिक २०८३, बुधबार

कोपा फुटबलमा ब्राजिलको विजयी शुरूवात

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, ३२ जेठ । कोपा अमेरिका फुटबलमा आयोजक ब्राजिलले विजयी सुरुवात गरेको छ । नेपाली समय अनुसार शनिबार बिहान सवा ६ बजेपछि भएको खेलमा ब्राजिलले बोलिभियालाई ३–० ले हराएको हो । ब्राजिलको जितमा फिलिप कोन्टिन्होले दुई तथा एभर्टन सोएरिसले एक गोल गरे ।

पहिलो हाफमा गोलरहित बराबरी भएको खेलमा ब्राजिलले ५० औँ मिनेटमा पेनाल्टी पायो । फिलिप कोन्टिन्होले त्यसलाई सदुपयोग गर्दै टिमलाई सुरुवाति अग्रता दिलाए ।

त्यसको तीन मिनेटपछि उनले हेड मार्फत सुन्दर गोल गोल गरेर अग्रता दोब्बर पारे । एभर्टन सोएरिसले ८५ औँ मिनेटमा गोल गरेपछि ब्राजिल उद्घाटन खेलमा ३–० ले विजयी भयो ।

विश्वको पुरानो फुटबल प्रतिस्पर्धा कोपा अमेरिका ब्राजिलमा सुरु भएको हो । फुटबलको उर्वर भूमिका रुपमा रहेको दक्षिण अमेरिकी देशहरुबिचको महादेशीय प्रतिस्पर्धा साओ पाओलोमा नेपाली समय अनुसार शनिबार बिहान आतिसबाजीसहित सुरु भएको हो ।

सन् १९१६ मा पहिलो पटक आयोजना भएको प्रतिस्पर्धाको यो ४६ औँ संस्करण हो । सुरुका वर्षमा वार्षिक रुपमा आयोजना भएको प्रतिस्पर्धा पछि आएर हेरक चार वर्षमा हुन थालेको थियो ।

सन् २०१५ मा ४४ औँ संस्करण भएको थियो । प्रतियोगिता सुरु भएको १०० वर्ष पुगेको अवसरमा सन् २०१६ मा पनि प्रतिस्पर्धा भयो । दुवै पटक चिलेले अर्जेन्टिनालाई हराउँदै उपाधि जित्यो ।

यसपटकको प्रतिस्पर्धामा दक्षिण अमेरिकाका टिम मात्रै छैनन् दुई टिम थपिएका छन् एसियाबाट आमन्त्रित टिमका रुपमा र १२ देशबिच प्रतिस्पर्धा हुँदैछ ।

कोपा अमेरिकापछि नै दक्षिण अमेरिकी देशको विश्वकप छनौट यात्रा पनि सुरु हुनेछ । सन् २०२२ मा कतारमा हुने विश्वकपको औपचारिक यात्रा दक्षिण अमेरिकी देशका लागि यहि हो ।

कोपा अमेरिकामा यसपटक प्रतिस्पर्धा गरिरहेका १२ टिम तीन समूहमा छन् । समूह ए मा आयोजक ब्राजिलसहित बोलिभिया, भेनेजुएला र पेरु, समूह बी मा अर्जेन्टिना, कोलम्बिया, पाराग्वे र कतार तथा समूह सी मा उरुग्वे, इक्वेडर, जापान र चिले छन् ।