
काठमाडौं । बलिउड अभिनेत्री तथा पूर्व पोर्नस्टार सन्नी लियोनीको अभिनय रहेको नेपाली फिल्म ‘पासवर्ड’को आइटम गीत सार्वजनिक गरिएको छ ।
नेपाललाई ‘स्वर्गको टुक्रा’ उपमा दिने लियोनीको यो पहिलो नेपाली अभिनय हो । गीतको विदेशमा सुटिङ गरिएको थियो । नेपाली फिल्मको एउटा गीतमा आफूलाई पाउँदा खुशी रहेको यसअघि नै लियोनीले ट्वीटरमार्फत जानकारी दिएकी थिइन् ।
डिस्को शैलीमा बनाइएको गीतमा सन्नीले भनिरहेकी छन्,‘नजरले डस्न खोज्ने कति, मुटुमा पस्न खोज्ने कति ।’
गीत हेर्नुहोस्
https://youtu.be/TGNlBS9xXtI















प्रतिक्रिया