काठमाडौं, ३१ जेठ । माछापुच्छ्रे बैंक लिमिटेडले प्रदेश १ का सुनसरी र झापा जिल्लामा थप ४ शाखा कार्यालयहरू शुभारम्भ गरेको छ ।
बैंकले मंगलबार सुनसरी जिल्लाको इनरुवा नगरपालिकास्थित इनरुवा र सोहि जिल्ला कै बराहाक्षेत्र नगरपालिकास्थित चक्रघट्टी तथा बिहिबार झापा जिल्लाको भद्रपुर नगरपालिका १० स्थित चन्द्रगढी (चाराली रोड) र सोहि जिल्ला कै मेचीनगर नगरपालिकास्थित काँकरभिट्टा शाखा कार्यालयहरूको औपचारिक समुद्घाटन गरेको हो ।
सुनसरी जिल्लाको इनरुवास्थित शाखा कार्यालयको इनरुवा नगरपालिकाका मेयर राजन मेहता तथा चक्रघट्टी शाखा कार्यालयको बराहाक्षेत्र नगरपालिकाका मेयर निलम खनालले समुद्घाटन गरेका हुन् ।
त्यसै गरी झापा जिल्लाको चन्द्रगढी शाखा कार्यालयको भद्रपुर नगरपालिकाका मेयर जीवन श्रेष्ठ तथा झापा जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले संयुक्तरुपमा उद्घाटन गरेका छन् । काँकरभिट्टा शाखा कार्यालयको मेचीनगर नगरपालिकाका मेयर विमल आचार्यले उदघाटन गरेका छन् ।
बैंकले देशका विभिन्न स्थानमा थप १२ वटा शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ । बैंकले तनँहु, चितवन, नवलपुर, नवलपरासी, रौतहट, सुर्खेत, बर्दिया लगायतका जिल्लामा थप १२ वटा शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको हो ।
माछापुच्छ्रे बैंकले देशका हरेक वर्ग र समुदायसम्म बैंकिङ्ग सेवाको पहुँचका लागि नयाँ नयाँ स्थानहरुमा आफ्नो सेवा विस्तार गर्दै आएको छ । नयाँ शाखाहरु मार्फत कर्जा, निक्षेप लगायतका अन्य सम्पूर्ण बैंकिङ्ग सुविधाहरुको साथमा २४ सै घण्टा एटीएम सेवा पनि उपलब्ध हुनेछ ।
बैकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना ११० वटा शाखाहरु र ११२ शाखारहित बैकिङ्ग सेवा समेत गरी जम्मा २२२ स्थानवाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर १२९ वटा एटीएमहरु संचालनमा रहेको छ ।















प्रतिक्रिया