बिहीबार, ५ भदौ २०७६
DainikNepal.com
बिहीबार, ५ भदौ २०७६

एपीएफ टोलीद्वारा भारतबाट ल्याइएकाे अवैध चोरीपैठारीको सामान बरामद 

दैनिक नेपाल २०७६ जेठ ३० गते १८:४५


बाँके, ३० जेठ । बाँके जिल्लाको नेपालगंज उपमहानगरपालिका १५ स्थित हड्डीचोक भन्ने स्थानबाट जेठ २९ गते राति एपीएफ टोलीले चोरीपैठारीको बिद्युतीय सामान तथा लत्ताकपडा बरामद गरेको छ ।

भारतबाट अवैध रुपले भन्सार छली दुई वटा भारतीय नम्बर प्लेटको मोटरसाइकलमा राखेर ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल, नेपाल गण हेक्वा बाँके नम्बर ३० गणबाट खटिएको एपीएफ टोलीले उक्त सामान तथा मोटरसाइकल बरामद गरेको हो ।

बरामद सामान तथा मोटरसाइकल आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ । बरामद सामान तथा मोटरसाइकलको भन्सार दाखिला मूल्य १ लाख ७८ हजार ८ सय २० रुपैयाँ रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित