सोमबार, २ असार २०७६
DainikNepal.com
सोमबार, २ असार २०७६

गुठी विधेयकको विरुद्धमा शिवसेनाको ऐक्यवद्धता

दैनिक नेपाल २०७६ जेठ ३० गते १६:१८


काठमाडौँ, ३० जेठ । शिवसेना नेपालले गुठी विधेयक विरुद्धको आन्दोलनमा समर्थन जनाएको छ । हाम्रो देश नेपालको पहिचान, हाम्रो आफ्नै धर्म र मौलिक संस्कार र संस्कृतिमा अडिएको छ भन्दै शिवसेनाले संघर्ष समितिलाई सहयोग गर्ने जनाएको छ ।

प्रेस विज्ञप्तिमा सयौँ वर्षदेखि हाम्रो देशमा यस पवित्र कार्यलाई निरन्तरता दिनको लागि हाम्रा पूर्वजहरुको गुठी मार्फत यसको संरक्षण गर्दै आएको उल्लेख गर्दै विदेशीको ईशारामा हाम्रो पहिचान, संस्कार, संस्कृति र धर्म मास्ने कार्य नेपालका केहि दलालहरु मार्फत गरेको कारणले आज यो अवस्थामा हामी नेपालीलाई पुर्याइएको दावी गरिएको छ ।

पशुपतिनाथका सेना शिवसेना, नेपाललाई कदापी यो कार्य मान्य नहुने बताउँदै हालै गुठी रक्षार्थ बनेको राष्ट्रिय पहिचान संयुक्त संघर्ष समितिलाई राजनीति भन्दा माथि उठी धर्मनीति भित्र रहेर शिवसेनाकाे सम्पूर्ण साथ सहयोग यस गुठी रक्षार्थ कार्यमा शिव सैनिकहरु द्धारा दृश्य र अदृश्य दुवे रुपमा रहने गरी पूर्ण सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित