मंगलबार, ३ असार २०७६
DainikNepal.com
मंगलबार, ३ असार २०७६

युवा संघका सहसंयोजक भन्छन् : गुठी विधेयकले भूमाफियाको मुटु हल्लियो

दैनिक नेपाल २०७६ जेठ ३० गते १६:१५

फाइल तस्वीर

काठमाडाैँ, ३० जेठ । युवा संघ नेपालका सहसंयोजक रमेश पौडेलले गुठी विधेयकले भूमाफिया र सामन्तवादीहरुको मुटु हल्लिएको टिप्पणी गरेका छन् । साथै,  उनले भूमाफियाहरुले कुनै पनि हालतमा नजित्ने दाबी गरेका छन् ।

गुठी विधेयक आफूले पूरै पढेको बताउँदै सार्वजनिक भइसकेको दस्तावेजका बारेमा समेत यति झुठ कुरा गरेर सर्वसाधारणलाई भ्रममा पार्ने प्रयास देखेर छक्क परेको प्रतिक्रिया दिएका छन् ।

गुठी विधेयक विरुद्ध मधेसवादी दलभित्रका केही पहाडी अनुहारहरुले आन्दोलन थालेको र उनीहरुका पछाडि नेपाली काँग्रेस लाग्नु अनौठो लागेको पाैडेलले बताएका छन् ।

यस्तै उनले देशको विकास नचाहनेहरुले लोकसेवा आयोगको भर्ना प्रक्रियाको विरोध गरेको समेत बताएका छन् । सहसंयोजक पौडेलले राज्य व्यवस्था समितिले लोक सेवा आयोगले स्थानीय तहका लागि मागेको विज्ञापन रद्ध गर्न दिएको निर्देशन गलत भएको बताएका छन ।

कर्मचारी अभावका कारण स्थानीय तहमा काम हुन नसकेको बताउँदै उनले सरकारले बजेट भाषण गरेको र आगामी दिनमा प्रदेश तथा स्थानीय तहले समेत बजेट ल्याउने तयारीमा रहेकोले अवपनि कर्मचारीको कारण सम्बृद्धीको ढोका बन्द हुन नहुने बताए ।

उनले उक्त बजेट खर्च गर्न समेत कर्मचारी विना असम्भव रहेको बताउँदै मुलुकको समृद्धि तथा तिव्र विकासको लागि कर्मचारी मेसिनरी सम्यन्त्र भएको बताए ।

उनले विभिन्न बहानामा करारमा कर्मचारी नियुत्ती गरेमा आफ्ना भाई–भतिजा तथा आफन्त भर्ती गर्ने रोग रहेको टिप्पणी गर्दै देशका सक्षम तथा दक्ष व्यक्ति लोकसेवा आयोगले मात्र पुर्ति गर्ने सक्ने बताए ।

प्रतिक्रिया
सम्बन्धित