सोमबार, ९ असार २०७६
DainikNepal.com
सोमबार, ९ असार २०७६

नेपालीहरु सहयोगी र बहादुर : प्रधानमन्त्री ओली

दैनिक नेपाल २०७६ जेठ २९ गते १८:१६

काठमाडौँ, २९ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायतमा रहेका नेपालीहरुलाई सम्बोधन गरेका छन् । लण्डन दूतावासमा भएको एक कार्यक्रममा सयौँ नेपालीहरुलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै गोर्खा सैनिकहरुको बहादुरीको, नेपाली स्वाभाव तथा सहयोगी भावनाको प्रशंसा गरेका हुन् ।

‘नेपालीहरु बहादुर थिए, गोर्खा सैनिकको बहादुरीका कारण बन्दुक देख्दा नर्त्सिनेहरु खुकुरी देख्दा तर्सिन्थे’, उनले थपे, ‘गोर्खा सैनिकको बहादुरीका कारण यो सम्भव भएको हो ।’

कार्यक्रममा नेपालीहरुलाई विदेशमा ज्ञान, सीप र अनुभव हासिल गरी नेपाल फर्किन समेत आग्रह गरे ।

बेलयातसँग सन् १८१६ मा औपचारिक मित्रता कायम भए पनि प्रधानमन्त्री ओलीले बेलायत पुरानो मित्र राष्ट्र भएको सम्झना गर्दै आगामी दिनमा पनि बेलायत र नेपालको सम्बन्ध झनै सुदृढ बन्नेमा आफू विश्वस्त भएको बताए ।

२०३ वर्षदेखिकै सम्बन्ध भएपनि नेपालको प्रधानमन्त्रीको औपचारिक भ्रमण उति भएको थिएन । यो भ्रमणले सकारात्मक उर्जा थप्ने ओलीको विश्वास थियो । बेलायतमा नेपाली बोल्ने विदेशी देख्दा आफूलाई गर्व लागेको भन्दै उनले खुशी व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले बेलायतमा रहने नेपालीको तारिफ गर्दै भने, ‘नेपालीहरु जहाँ पुग्छन् त्यहाँ हावापानी संस्कृती रीतिरिवाजलाई सम्बोधन गरेर बस्छन्, त्यहाँका मानिसको सहयोगी भएर बस्छन्, यो नेपालीको विशेषता हो’, उनले भने ।

संसारमा नै पहिलो पटक नेपालीहरु वीर छन् भनेर चिन्ने बेलायत हो भन्दै गोर्खालीहरुको कर्तव्य, निष्ठा र अनुशासित भएको चर्चा गरेका थिए। ‘नेपालीहरु जहाँ बस्छन्, त्यहीँको संस्कृति, भाषा र परम्पराको सम्मान गर्ने विशेषता छ’, सयौं नेपाली उपस्थित कार्यक्रममा उनले भने, ‘जहाँ बसे पनि नेपाललाई माया गर्नुहोस् र अन्तत नेपालै फर्किनुहोस् ।’ वेलायतमा सिकेको सीप, ज्ञान, कमाएको धन लिएर नेपाल फर्किन उनले आग्रह गरेका हुन् । त्यस्तै उनले गैरआवासीय नेपाली संघले नेपालको विकासमा पु¥याएको योगदानको तारिफ गरे ।

प्रधानमन्त्री ओलीको सम्मान र स्वागतका लागि बेलायतका विभिन्न शहरहरुबाट सयौं नेपालीहरु लण्डनस्थित नेपाली राजदूताबासमा उपस्थित भएका थिए । उनी वेलायत भ्रमण पूरा गरी फ्रान्सतर्फ लागेका छन् ।

प्रतिक्रिया
सम्बन्धित