शुक्रबार, ३ असोज २०७६
DainikNepal.com
शुक्रबार, ३ असोज २०७६

प्रधानसेनापति असारमा चीन र अमेरिका जादै

दैनिक नेपाल २०७६ जेठ २९ गते १८:०९


काठमाडौँ, २९ जेठ । प्रधानसेनापति पूर्णचन्द्र थापा चिनियाँ जनमुक्ति सेनाको औपचारिक निमन्त्रणामा आगामी असारको पहिलो साता चीन भ्रमणमा जानुहुने भएको छ ।

छिमेकी मुलुक चीनको साताव्यापी भ्रमणका लागि प्रधानसेनापति थापा असार १ गते त्यसतर्फ प्रस्थान गर्नुहुने नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले पुष्टि गर्नुभयो ।

असार १ देखि ७ गतेसम्मको उक्त भ्रमणका क्रममा प्रधानसेनापति थापा छेन्दु हुँदै बेइजिङ पुगेर आफ्ना समकक्षीसँग आपसी हित र चासोको विषयमा विचार विमर्श गर्नु हुनेछ ।

चीन भ्रमणलगत्तै प्रधानसेनापति थापा अमेरिका भ्रमणमा जाँदैछन्। संयुक्त राष्ट्रसंघले अमेरिकाको न्यूयोर्कमा आयोजना गरेको ‘चिफ अफ डिफेन्स कन्फरेन्स’ मा सहभागिताका लागि उनी त्यसतर्फ जान लागेका हुन्। –रासस

प्रतिक्रिया
सम्बन्धित