४ कार्तिक २०८३, बुधबार

करोड क्लबमा प्रकाशको ‘गलबन्दी’, बनायो यस्तो रेकर्ड

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैँ । सर्जक प्रकाश सपुतको पछिल्लो गीत ‘गलबन्दी’ सर्वाधिक चाडो एक करोड भ्यूज पाउने गीतको रेकर्ड बनाएको छ ।

गायक प्रकाश सपुत र गायिका शान्ती श्री परियारको आवाजमा रहेको यो गीत सार्वजनिक भएको आधा महिनामा नै यसलाई एक करोड भन्दा बढी पटक हेरिएको छ । गीत गएको बैशाख ११ गते युट्युबमार्फत सार्वजनिक गरिएको थियो ।

प्रकाश स्वयम् र अन्जली अधिकारीले अभिनय गरेको यो गीतमा ३ लाख १२ हजार भन्दा बढीले लाइक गरेका छन् भने २५  हजार बढि कमेन्ट आएको छ ।

गीतलाई प्रकाश सपुतको चर्चित गीत बाेलमायाकाे प्रिक्वेल भनएको छ । अब बाेल माया २ ल्याउने प्रकाशले भिडियोमै उल्लेख गरेका छन् ।