४ कार्तिक २०८३, बुधबार

अक्षय कुमारसँग सोनाक्षी सिंन्हा नदोहोरिने

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । बलिउड अभिनेता अक्षयकुमार ‘सूर्यवंशी’को सुटिङमा व्यस्त रहेका छन् । अक्षय कुमारका फिल्महरू लगातार वक्सअफिसमा सुपरहिट हुँदै आएका छन् ।

अक्षय कुमार अभिनित फिल्म केशरीपनि वक्सअफिसमा सुपरहिट भएको थियो ।

एक्सन अभिनेतारूपमा बलिउडमा डेब्यू गरेका अक्षयले करियरको सुरूमा एक्सन केन्द्रित सिनेमामा व्यस्त राखेपनि उनले कमेडी तथा सामाजिक विषयका सिनेमामा पनि आफूलाई सफल सावित गरिसकेका छन्।

अक्षय कुमारले सिक्वेलमा देखिने भएका छन् । उनी आफू अभिनित सन् २०१२ मा रिलिज भएको सुपरहिट राउडी राठौरको सिक्वेलमा देखिने भएका हुन् ।

निर्माताहरूले फिल्मको तयारी गरिरहेका छन । हाल यसको स्क्रिप्टमाथि काम भइरहेको छ । फिल्ममा अक्षय कुमारले अभिनय गर्ने पक्का भएपनि अभिनेत्री सोनाक्षी सिन्हा हुने या नहुने बारेमा केहि तय भने भइसकेको छैन । निर्माणा पक्षाले साेनाक्षीलाइ नहाेराेराउने याेजना बनाएका छन् ।