४ कार्तिक २०८३, बुधबार

राज सिग्देल र रोशनी खनालको ‘भगवान कसम’ (भिडियोसहित)

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । चर्चित गायक राज सिग्देलको आवाजमा रहेको ‘भगवान कसम’ बोलको कर्णप्रिय प्रेमि गीत सार्वजनिक भएको छ ।

रोशनी खनालको शब्द रहेको गीतमा सिग्देलकै संगीत छ । अमेरिका बस्दै आएकी खनालले निकै मीठो शब्द लेखेकी छन् ।

गीतमा गीतकार खनाल र गायक सिग्देल नै फिचरिङ छन् । गीतको भिडियो फरक रुपले प्रस्तुत गरिएको छ । गीतमा माया प्रेम र समर्पणको भाव समेटिएको छ । गीतको भिडियोले साङ्गीतिक प्रेम र त्यसको सफलताको कथा बोकेको छ ।

राज सिग्देलले आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेको भिडियोको गीतमा गोपाल रसाइलीको एरेन्ज र चन्द्र चौधरीको मिक्सिङ तथा मास्टरिङ रहेको छ ।

हरि हुमागाईको छायांकन,  राजेश शाहको सम्पादन तथा निर्देशनमा तयार यस गीतको म्युजिक भिडियोलाई कसम नेपालले सहायक निर्देशकका रुपमा काम गरेका छन् ।

हेर्नुहोस् भिडियो

https://youtu.be/FJBcfJUOW4Q