बिहीबार, ५ भदौ २०७६
DainikNepal.com
बिहीबार, ५ भदौ २०७६

नवलपुरलाई नमुना जिल्ला स्थापित गराउँछु : प्रजिअ कार्की

दैनिक नेपाल २०७६ जेठ २८ गते १७:२१

कावासोती, २८ जेठ  । नवलपुरका प्रमुख जिल्ला अधिकारी बिष्णु कुमार कार्कीले जिल्लालाई नमुना जिल्लाका रुपमा स्थापित गराउन आफूले सक्दो पहल गर्ने बताएका छन् ।

मङ्गलबार नवलपुरका पत्रकारहरुसँगको भेटघाट तथा परिचयात्मक कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कार्कीले जिल्लामा सुशासन कायम गर्न पनि सञ्चार जगतसँग समन्वय गर्दै अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

उदयपुर जिल्लाबाट सरुवा भएर सोमबारदेिख नवलपुर जिल्लाको कार्यभार सम्हालेका प्रमुख जिल्ला अधिकारी कार्कीले जिल्लाको समग्र बस्तुस्थितिको बारेमा सुझाव सहित जानकारी लिन गरिएको भेटघाटमा आफू पनि मिडियामैत्री रहेको भन्दै नागरिक तथा सेवाग्राहीका हितमा छिटो र छरितो रुपमा सहजताका साथ सेवा प्रदान गरी त्यसको सूचना सम्प्रेषणमा समेत सञ्चारकर्मीहरुसँग निकटतम समन्वय स्थापित गर्ने बताए ।

पत्रकारहरुले भेटघाटका क्रममा वजार लगायत सरोकार सम्वद्ध क्षेत्रमा प्रतिफलमूलक अनुगमन, जिल्लालाई हर हालतमा शान्ति शुसासन कायम गर्न प्रशासनले महत्वपूर्ण रुपमा भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ नवलपुर शाखाका अध्यक्ष होमराज रानाभाटसहित जिल्लामा क्रियाशिल सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो । यसअघिका जिल्ला प्रशासन कार्यालय नवलपुरका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपाल नेपाल सरकारको गृह मन्त्रालयमा उपसचिवका रुपमा सरुवा भएका छन् । कार्की नवलपुर जिल्ला बनेपछिको चौथो प्रमुख जिल्ला अधिकारी हुन् ।

प्रतिक्रिया
सम्बन्धित