मंगलबार, १० असार २०७६
DainikNepal.com
मंगलबार, १० असार २०७६

सलाम एयरद्धारा रक्तदान कार्यक्रम, ७५ जनाद्वारा रक्तदान

दैनिक नेपाल २०७६ जेठ २८ गते १६:३४


काठमाडौँ, २८ जेठ । सामाजिक उत्तरदायित्वको भावनालाई मध्यनजर गर्दै आइएमई ट्राभल्स जीएसए भई विगत सेप्टेम्बरदेखि संचालनमा रहेको सलाम एयरले रक्तदान कार्यक्रम गरेको छ ।

आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालको विशेष उपस्थितीमा सम्पन्न कार्यक्रममा कूल पचहत्तर (७५) जनाले रक्तदान गरे । दुर्लभ रक्त समूह भएका भोला सापकोटा, पर्यटन व्यवसायी तथा व्यवसायसँगसम्बद्ध कर्मचारी लगायत सलाम एयर तथा आइएमई ट्राभल्सका कर्मचारीहरुले रक्तदान गरेका हुन् ।

रक्तदान जस्तो पबित्र सामाजिक कार्यमा सरिक हुने सवैलाई अध्यक्ष ढकालले धन्यवाद दिए । सलाम एयरलायन्सले आफ्नो सामाजिक उत्तरदायित्वको भावनालाई मध्येनजर गर्दै रक्तदान कार्यक्रमको आयोजना गरिएको आइएमई ट्राभल्स तथा सलाम एयर काठमाडौँका प्रमुख कार्यकारी अधिकृत विनोद सापकोटाले जनाए ।

आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई ट्राभल्स सलाम एयरको नेपाल जीएसए हो । मध्यपूर्वी एसियाका विभिन्न देशहरुमा कार्यरत तथा उक्त देशहरुमा घुम्न चाहाने नेपालीलाई लक्षित गरि सलाम एयरले आइएमई ट्राभल्सको सहकार्यमा हवाई सेवा संचालनमा ल्याएको हो ।

प्रतिक्रिया
सम्बन्धित