
काठमाडौँ, २७ जेठ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकलाई विभिन्न प्रकारका बैंकिङ सुविधाहरु दिँदै आईरहेकोमा अझ बढी लाभान्वित तुल्याउनको लागि “बचत पनि बीमा पनि” नयाँ बचत खाता संचालनमा ल्याएको छ ।
यस अन्तगर्तत जीवन सुरक्षा (सरल), जीवन सुरक्षा (रजत) तथा जीवन सुरक्षा (स्वर्णिम) गरी थप ३ वटा नयाँ बचत खाताहरु रहेका छन् । जस अन्तर्गत ती खाताहरु खोल्ने ग्राहकलाई जम्मा रु. १६ लाख सम्मको बीमाको व्यवस्था गरिएको छ, जुन खाताको प्रकृति हेरी दुर्घटना बीमा, औषधि उपचार बीमा तथा घातक रोगको उपचार बीमा सम्बन्धी सुविधाहरु रहेका छन् ।
खाता खोल्दा ग्राहकले मासिक ७ प्रतिशत ब्याज प्राप्त गर्न सक्नेछन् भने न्यूनतम मौज्दात रु पाँच हजार, रु. १५ हजार तथा रु.२५ हजार रहेका छन् ।
यो खाता खोल्ने ग्राहकले लकर सुविधामा विषेश छुट, निशुल्क अन्तर शाखाका कारोबार, एटीएम भिसा कार्ड, मोबाईल बैंकिङ तथा इन्टरनेट बैंकिङमा १ वर्षको लागि निशुल्क सुविधा प्राप्त गर्न सक्नेछन् ।
यसरी सांग्रिला डेभलपमेन्ट बैंकले बैंकिङ सम्बन्धी विभिन्न सुविधाहरु अन्तर्गत ग्राहकहरुको सेवा अन्तर्गत ग्राहकहरुले बैंकको हाल संचालनमा रहेका ८५ वटै शाखाहरुबाट आफ्ना ग्राहकलाई यो नयाँ बचत खाता योजनाको थालनी गरेको जनाएको छ ।















प्रतिक्रिया