बिहीबार, २ साउन २०७६
DainikNepal.com
बिहीबार, २ साउन २०७६

गृहमन्त्रीको जवाफ माग्दै काँग्रेसद्वारा सदन अवरुद्ध

दैनिक नेपाल २०७६ जेठ २७ गते १३:०१

फाइल तस्वीर

काठमाडाैँ,  २७ जेठ । गुठी विधेयकको विरोधमा माइतीघर मण्डलामा भएको प्रदर्शनमा धरपकड गरेको विषय प्रमुख विपक्षी नेपाली काँग्रेसले गृहमन्त्रीको जवाफ मागेको छ ।

काँग्रेसको अवरोधपछि संसद बैठक १५ मिनेटलाई स्थगित भएको छ ।

बैठकको शुरुमै कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले गुठियारमाथिको दमन र गुठी विधेयकप्रति आपत्ति जनाएका थिए । त्यसलगत्तै सभामुखले नेकपाकी सांसद भुसाललाई बोल्न समय दिए पनि कांग्रेस सांसदहरु उभिएर विरोध गरे ।

सभामुखले सोही विषयमा भुसालले बोल्न चाहेकाले सुन्न आग्रह गर्दा पनि कांग्रेस सांसदले विरोध जनाएर होहल्ला गरेपछि भुसालले आफ्नो भनाइ राखिन् । उनले गुठी बिधेयक संस्कृति समाप्त पार्ने ढंगले आएको भन्दै विधेयक र गुठियारमाथिको दमनको विरोध गरिन् ।

त्यसपछि काँग्रेसले गृहमन्त्रीको जवाफ चाहियो भन्दै संसद अवरुद्ध गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित