
काठमाडौं, २६ जेठ । सिजी अटोमोटिभ्स डिभिजन अन्तर्गतको सिजि होल्डिङ्गस् तथा सुजुकी फोर ह्वीलर्स नेपालले सुजुकी सुपर क्यारीमा विशेष अफर प्रस्तुत गरेको छ ।
कम्पनीले सुजुकी सुपर क्यारी खरिद गर्नुहुने ग्राहकलाई १ वर्षको निःशुल्क बीमा तथा रु. २०००० को नगद छुट पनि प्रदान गरेको छ । कम्पनीले २ वर्ष ३०००० किलोमिटर (जुन अगाडि हुन्छ त्यो)को वारेन्टी समेत प्रदान गरेको छ ।
कम्पनीद्वारा नयाँ सुजुकी सुपर क्यारीको खरिदमा १ वर्षसम्मको निःशुल्क सर्भिसिङ्ग सुबिधा उपलब्ध गराएको छ । इन्जिन आयल, आयल फिल्टर, एअर फिल्टर र स्क्रिन वास सेड्युअल अनुसार पर्दछ ।
बजारमा नयाँ सुपर क्यारीको मूल्य रु.११,९९,००० रहेको छ । कम्पनी अनुसार यस गाडीको मुख्य उद्देश्य भनेको बढी आम्दानी तथा फाइदाका लागि हो । यो अफरले न्युनतम लगानीमा गाडीको स्वामित्व प्रदान गर्नुका साथै आम्दानीमा वृद्धि र लाभ लिन सकिन्छ ।
७९३ सिसिको ट्विन सिलिण्डरयुक्त डिजेल इन्जिन भएको यस गाडीमा ५ स्पिड म्यानुयल ट्रान्समिसन रहेको छ ।















प्रतिक्रिया