
हेटौँडा, २६ जेठ । हेटौँडा लेडी जेसिसले स्लो स्कुटर प्रतियोगिता गरेको छ ।
यो प्रतियोगिता सडक दुर्घटनाबारे जानकारी आदान–प्रदानगर्ने एक अन्तरक्रिया कार्यक्रम थियो । बढ्दो दुर्घटना अझ दुई पाङ्ग्रे सवारीको क्षती समेत बढी हुने अवस्थामा छ ।
यही बिषयमा सबैलाई सचेतना होस् र सुरक्षित सवारीमा ध्यान केन्द्रित गरेर ट्राफिक नियमबारे जानकारी प्रदान होस भन्ने ध्येयले जेसीज सप्ताह २०१९ अन्र्तगत गल्फ स्लो स्कुटर प्रतियोगिता आयोजना गरिएको हो ।
कार्यक्रममा सडक दुर्घटना कसरी कम गर्न सकिन्छ जस्ता मुख्य विषय बस्तुमा अन्तरक्रिया गरिएको थियो ।
प्रतियोगितामा सुमित्रा लामा प्रथम, सुजुता श्रेष्ठ दोस्रो र उषा रोकाले तेस्रो स्थान प्राप्त गरे ।
नेपाल ल्युब आयल लिमिटेड–गल्फ लुब्रिकेन्ट्स संधै यस्ता जागरूकता प्रदान गर्ने कार्यक्रमसँग सम्बन्धित छ । जसमा विशेष गरी सडक दुर्घटनाहरु र ट्राफिक समस्याहरुमा केन्द्रीत रहेको छ ।















प्रतिक्रिया