बिहीबार, ५ भदौ २०७६
DainikNepal.com
बिहीबार, ५ भदौ २०७६

कलाकार संघ अध्यक्ष खड्का स्वतन्त्र, जसलाई थियो राणाको समर्थन

दैनिक नेपाल २०७६ जेठ २६ गते १३:४३

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको नयाँ नेतृत्वमा रवीन्द्र खड्का निर्वाचित भए, सरिता लामिछाने पराजित । लामिछाने भन्दा खड्का कलाकारितामा निक्कै अनुभवी तथा पुराना मात्रै होइनन्, स्वतन्त्र पनि थिए तर केही प्रगतिशील विवेकका ।

खड्काको प्यानल नै विजयी भयो । खड्काको चुनावी प्रचारमा जुटेका थिए चलचित्र निर्माता संघका महासचिव रोज राणा । राणाले अनुभवी र स्वतन्त्र व्यक्ति जसले नेपाली चलचित्रको वृत्ति विकासमा हरप्रकारको भुमिका खेल्न सक्छ, उसको लविङ गरेको बताए ।

भन्छन्,‘एक हिसाबले रवीन्द्र दाई नेपाली चलचित्र कलाकारका अभिभावक नै हो । हामीले अघिल्लो पुस्ताको छत्रछायाँमा त्यतिबेला रोज्ने हो जतिबेला उसको राजनीतिक आस्था देखिँदैन, पेशाको इमान्दारीता देखिन्छ । अनि, मैले लविङ गरेकै हो ।’

कतिपय वामपन्थी धारका कलाकारहरूले चुनावी प्रचार गरिदिएका कारण स्पर्धीहरूले खड्कालाई बामपन्थीको आधिकारिक मानिदिए । तर, त्यो भन्दा पनि महत्वपूर्णचाहिँ उनको फिल्मी इतिहासले नै पुष्टि गर्छ ।

उनी, भाग्यरेखा मार्फत नेपाली चलचित्रमा अभिनेताका रूपमा स्थापित भए । त्यसपछि चरित्र अभिनेतालगायत विभिन्न भूमिकामा अहिलेसम्म पनि सक्रिय छन् । चलचित्र कलाकारको वृत्ति विकासका लागि सामाजिक काम पनि गरिरहेका नै छन् ।

‘उहाँको दख्खल र अनुभवलाई आजको पुस्ताको कलाकारले साथ दिनुपर्छ । विचार र आस्थाको कुरा एकातिर होला तर पेशागत संरक्षण र सम्बद्र्धनका निम्ति उचित नेतृत्वको लविङ गर्नु भनेको प्रतिस्पर्धीको बिरोध गर्नुचाहिँ होइन’, राणा थप्छन्,‘यो विषयमा सबैले बुझ्न आवश्यक छ ।’

प्रतिक्रिया
सम्बन्धित