सोमबार, २ असार २०७६
DainikNepal.com
सोमबार, २ असार २०७६

..जब प्रकाश सपुतको मोबाइलमा आईजीपी खनालको फोन आयो

दैनिक नेपाल २०७६ जेठ २४ गते १५:२२

काठमाडाैँ । पछिल्लो समय गलबन्दी गीतबाट चर्चामा रहेका गायक प्रकाश सपुतलाई आइजिपी सर्वेन्द्र खनालले फोन गरेका छन् ।

आइजिपी खनालले आफूलाई फोन गरेको गायक प्रकाश सपुतले जानकारी दिएका छन् ।

आइजिपी खनालले ‘गलबन्दी’ बोलमा रहेको गीतले नेपाली मौलिकता प्रस्तुत गरेको भन्दै निरन्तरताको लागि शुभकामना दिएका हुन् ।

आफ्नो फेसबुक पेजमा गायक प्रकाशले यसको जानकारी दिएका छन् । उनको गीत पछिल्लो समय यूट्युबको ट्रेण्डिङ एकमा रहेको छ ।

गीतलाई अहिलेसम्म ८० लाख भन्दा धेरैपटक हेरिसकिएको छ ।

प्रकासले फेसबुकमा लेखेका छन् :

‘म जहाँ पुगेको छु त्यहा केवल गलबन्दीको सफलताको चर्चा मात्रै भएको छैन लोक संगीत र मौलिकताको सवाल समेत दश्रो गरी उठेको छ । विभिन्न पेशामा आवद्ध नेपालभित्र र विश्वभरीबाट धेरै नेपालीहरुले हाम्रो लागि हाम्रै गित निकाल्नु भएकोमा धन्यबाद भन्दै लामो लामो म्यासेज गर्नु भएको छ । हिजो मात्रै यसअघि पर्सनल्ली चिनजान नभएको भए पनि आईजिपी सर्वेन्द्र खनाल ज्यूले प्रत्यक्ष फोन नै गरेर राम्रो र मौलिक गित पस्कनु भएकोमा धन्यबाद दिँदै यसलाई निरन्तरता दिन आग्रह गर्नुभएको थियो । यो एउटा उदाहरण मात्रै । जो यसअघि लोकदोहोरी गितका नियमित पारखी होईनन् उनीहरुको समेत यता रुचि बढेको छ। यो पर्सनल्ली मेरो र बोलमाया, गल्बन्दी टिमको भन्दा पनि समग्र लोक संगीतकर्मीका लाग सुखद कुरा हो जस्तो लाग्छ । गलबन्दी शब्द संगीतले मात्रै भन्दा पनि यसको मौलिक र स्वभाविक प्रस्तुतीकरणले मन पराइएको हो र अन्ततः नेपालीलाई नेपालीपन नै मन पर्नेरैछ भन्ने कुरा गीत संगीत, चलचित्र, साहित्य सबैतिर पुनर्विचार हुन थालेको छ । हामीले कुनै पनि हालतमा त्यो विश्वासलाई बिच्कन दिनुहुन्न है ।

प्रतिक्रिया
सम्बन्धित