
काठमाडाैँ, २४ जेठ । देशको प्रमुख पर्यटकीय क्षेत्र ठमेलको विकास र पर्यटन व्यवसायीहरुको हक र हितका निम्ति महत्वपूर्ण भूमिका खेल्ने साझा मंचका रुपमा रहेको ठमेल पर्यटन विकास परिषदको निर्वाचन नजिकिदै जादा ठमेलका ब्यवसायीमा चुनावी सरगर्मी बढेको छ ।
परिषदका सदस्यका प्रत्यासी रुपेश गुरुङको ठमेलमा श्रेत्रमा ठूलो चर्चा भइरहेको छ । मनाङ्गको नेस्याङ्गमा जन्मिएका रुपेशले ठमेलमा करिव २० बर्ष पर्यटन श्रेत्रमा बिताएका छन् ।
परिषदको आसन्न चुनावका लागि व्यवसायीहरु प्यानल बनाएर मैदानमा उत्रिएका छन् । प्रकाश नरसिंह राणाको प्यानलबाट सदस्यका लागि उम्मेदवारी दिएका रुपेशले ठमेलमा बिभिन्न होटल, रेष्टुरेन्ट एवं क्लवहरुको संचालनमार्फत ठमेलको पर्यटन श्रेत्रमा बिशेष योगदान दिएका छन् ।
पछिल्लो समयमा संचालित नेपालकै प्रसिद्ध क्लव फारनहाईटको समेत रुपेश संचालक रहेका छन । रुपेशसँगै सिङ्गो प्यानलले जित्ने दाबी गरिएको छ ।















प्रतिक्रिया