शनिबार, ३२ साउन २०७६
DainikNepal.com
शनिबार, ३२ साउन २०७६

बर्षा राउतप्रति नम्रताको संकेत– हामीले आलोचना पनि सुन्नुपर्छ !

दैनिक नेपाल २०७६ जेठ २३ गते १३:३८

काठमाडौं । हालै अस्ट्रेलियामा अभिनेत्री बर्षा राउतले क्लिभेजसहित खिचेको तस्बिर ट्रोल बनेपछि क्रिया प्रतिक्रिया आउने क्रम जारी छन् । यसै क्रममा राउतप्रति संकेत गर्दै अभिनेत्री नम्रता श्रेष्ठले केही सुझावपूर्ण तर्क राखेकी छन् ।

‘सबैको बिषयमा मैले बोल्न त मिल्दैनँ । सबैले फरक–फरक सोच्नुहुन्छ । तर, हामी कलाकार हौं । हामीले कुनै पनि कुरा तयार गर्दा त्यसको आलोचना र प्रशंसा दुबै सुन्न तयार हुनुपर्छ’, उनले लेखेकी छिन्,‘हामीले केही पोष्ट गर्छौ भने त्यसको प्रशंसा र आलोचना दुबै सुन्न तयार हुनुपर्छ । हामीले जे पोष्ट गर्छौ त्यसमा राम्रो मात्र आउँछ भनेर सोच्नु गलत हो । आफूलाई मन परेको कुरा अरुलाई मन नपर्ने पनि सक्छ ।’

राउतको उक्त तस्बिर सार्वजनिक भएपछि कतिपयले समर्थन, ढाडस दिएका छन् भने कतिपयले आलोचना गरेका थिए । कलाकारलाई यस्ता प्रतिक्रिया आइनै रहेका हुन्छन् ।

प्रतिक्रिया
सम्बन्धित