बिहीबार, २ साउन २०७६
DainikNepal.com
बिहीबार, २ साउन २०७६

फेरि सर्‍यो नेकपाको बैठक, नेताहरु आन्तरिक छलफलमा

दैनिक नेपाल २०७६ जेठ २३ गते ११:०४

फाइल तस्वीर

काठमाडाैँ, २३ जेठ । नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक फेरि सरेको छ । बिहान ९ बजेका लागि बोलाइएको बैठक मध्यान्ह १२ बजेका लागि सारिएको नेताहरुले बताएका छन् ।

मंगलाबार र बुधबार बसेको बैठकले नेताहरुको कार्यविभाजनको टुंगो लगाउन नसकेपछि बैठक आजका लागि बोलाइएको हो।

कार्यविभाजनमा सहमति जुटाउन शिर्ष नेताहरु अहिले आन्तरिक छलफलमा जुटेका छन् । बैठक अघि नै एककिसिमको सहमितमा पुग्नका लागि बिहान बोलाइएको सचिवालय बैठकसमेत मध्यान्हसम्मका लागि सारिएको सचिवालयका एक सदस्यले जानकारी दिए ।

जिल्ला इन्चार्ज र सहइन्चार्जको मापदण्डलाई लिएर नेकपामा कुरा मिलेको छैन ।  यसअघि लगातार दुई दिन बसेको सचिवालयको बैठक बिनानिष्कर्ष टुङ्गिएको थियो ।

तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भएको एक वर्ष भन्दा बढि भएपनि त्यसले पूर्णता पाउन सकेको छैन ।

प्रतिक्रिया
सम्बन्धित