काठमाडौं, २३ जेठ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आज पनि केन्द्रीय सचिवालयको बैठक बोलाइएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा कमिटीका इन्चार्ज र सहइन्चार्ज टुङ्गो लगाउने विषयमा छलफल हुनेछ ।
बुधबार बसेको सचिवालय बैठकले जिल्ला कमिटीको इन्चार्ज र सहइन्चार्ज तोक्ने विषयमा छलफल गर्दै बिहीबार टुङ्गो लगाउने तयारी गरेको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।
केन्द्रीय सदस्यको कार्यविभाजनबारे पनि छलफल सकारात्मक रहेकाले टुङ्गिन मात्र बाँकी रहेको उनले बताएका छन् ।
बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । सचिवालयको सो बैठकले जिल्ला इन्चार्ज र सहइन्चार्ज तोक्ने विषयलाई टुङ्ग्याउने उनले बताएका छन् ।
बैठकले जिल्ला इन्चार्ज र सहइन्चार्जको टुङ्गो लगाएपछि बाँकी रहेका साङ्गठनिक एकीकरणका अन्य काम र थप कार्यविभाजनका विषयमा समेत प्रवेश गर्ने बताइएको छ ।
नेकपाको सचिवालय बैठक केन्द्रीय सदस्यको कार्य विभाजनसँगै जिल्ला कमिटीका इन्चार्ज र सहइन्चार्ज तोक्ने विषयमा मङ्गलबारदेखि जारी छ ।















प्रतिक्रिया