काठमाडौं । ‘मिस एसईई युनिभर्सल २०१९’का २० प्रतियोगीहरुले आ–आफ्नो प्रतिभा देखाएका छन् । जोरपाटीस्थित नामी कलेजमा बुधबार आयोजित ट्यालेन्ट राउण्डमा उनीहरुले नृत्य, गायन, वक्तित्वकला लगायत आफूमा रहेको बिभिन्न प्रतिभा देखाएका हुन् ।
मोडल अभिनेता दिवस धिताल, ‘मिसेस नेपाल ग्ल्याम २०१८’ एलिजा महर्जन, शिक्षक तथा पत्रकार सरोज प्याकुरेल, ‘मिसेस नेपाल टुरिजम २०१९’ छिरिङ डोल्मा शेर्पा लगायत निर्णायक रहेको ट्यालेन्ट राउण्डका उत्कृष्ट एक प्रतिभाले ‘मिसेस ट्यालेन्ट’ उपाधि समेत जित्न सक्नेछन् ।
ग्ल्याम वर्ल्ड इन्टरटेनमेन्ट आयोजक रहेको प्रतियोगितामा सलिना बुढाथोकी, श्रीया श्रेष्ठ, सजीना नेपाल, नम्रता थापा, ममता ओली, झरना थापा मगर, करिना मानन्धर, सञ्चिता लामा, विविशा लमिछाने, अनुजा पूरी, प्रिती खड़का, वीना घले, नामग्याल तमाङ, इशा केसी, रिया गहतराज, स्नेहा लामा तमाङ, दीक्षा राई, दीक्षा ढकाल, प्रनिका श्रेष्ठ, अदीति सुनुवारलगायतका प्रतियोगी छन् ।
आकाश गिरी इभेन्ट म्यानेजर रहेको प्रतियोगिताको एसईई दिएर बसेका छात्राको प्रतिभा निखार्दै उनीहरूलाई उज्योल भविश्य निर्माणका लागि बाटो देखाउने उद्देश्य रहेको ग्ल्याम वर्ल्ड इन्टरटेनमेन्टका सिईओ प्रिती कार्कीले जानकारी दिइन् ।
आश्विनी झाको कोरियोग्राफी रहने प्रतियोगीताको फाइनल आगामी ३० गते जमलस्थित राष्ट्रिय नाचघरमा हुनेछ । जसमा शीर्ष सहित विभिन्न आधा दर्जन विधामा विजेता छानिने छन् ।















प्रतिक्रिया