४ कार्तिक २०८३, बुधबार

कतार एयरवेजद्वारा अनाथालयका बालबालिकाका लागि मनोरञ्जनात्मक कार्यक्रम

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २२ जेठ । रमादानको पवित्र महिना र ईदको अवसरमा कतार एयरवेजले कतार च्यारिटीसँगको सहकार्यमा प्रयास नेपाल, अन्डरप्रिभिललेज्ड् चिल्ड्रेन्स एजुकेशन प्रोग्राम (यु.सि.इ.पि.) नेपाल, मैत्रेय फाउण्डेशन नेपाल र साङ्ग्रिला अर्फनेज होम गरी काठमाडौँका चार अनाथालयका १०० बालबालिकाहरुका लागि विशेष कार्यक्रम आयोजना गरेको छ ।

काठमाडौँको होटल अन्नपूर्णमा आयोजित कार्यक्रममा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाको विशेष उपस्थिति रहेको थियो । जादु प्रदर्शन, फेस–पेन्टिङ, बाउन्सी क्यासल र विभिन्न खेल र मनोरञ्जनात्मक गतिविधिहरुले भरिपूर्ण कार्यक्रममा उनले बालबालिकाहरुलाई उपहारहरु पनि प्रदान गरिन् ।

नेपालका लागि कतार एयरवेजका स्थानीय प्रमुख मोहम्मद एल ईमामले ईदको पवित्र अवसरमा कतार एयरवेजको कार्यक्रममार्फत बालबालिकाहरुको अनुहारमा खुसी ल्याउन पाएकोमा निकै खुसी रहेको बताए ।

‘कतार च्यारिटीसँगको सहकार्यमा सञ्चालित यस अभियान नेपाली समुदायलाई सेवा गर्ने हाम्रो प्रतिबद्धताको एक उदाहरण पनि हो’, उनले भने, ‘र, यी अनाथालयका बालबालिकाहरुका लागि यति गर्ने अवसर प्राप्त गर्दा हामी अत्यन्तै कृतज्ञ पनि छौँ ।’