
काठमाडौँ, २१ जेठ । हिमालयन हाइड्रो पावर लिमिटेडले आईपिओ निष्काशन गर्न जनता क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
हिमालयन हाइड्रोले रु. १०० अंकित दरको २२ लाख ५० हजार कित्ताको २२ करोड पचास लाख रुपैयाँ बराबरको आईपिओ निष्काशन गर्न लागेको हो । जसमध्ये ९ लाख कित्ताको ९ करोड रुपैयाँ बराबरको शेयर परियोजना प्रभावित स्थानीय क्षेत्रहरुको लागि छुट्याइएको छ ।
आईपिओ निष्काशन गर्ने सम्बन्धमा हिमालयन हाइड्रो र जनता क्यापिटलबीच सम्झौता भएको हो । आईपिओ निष्काशन सम्बन्धी सम्झौता लिखतमा मंगलबार हिमालयन हाइड्रो पावर लिमिटेडका तर्फबाट संचालक शिवकृष्ण श्रेष्ठ र बिक्री प्रवन्धक जनता क्यापिटल लिमिटेडका तर्फबाट कार्यकारी निर्देशक बिश्व सुवेदीले हस्ताक्षर गरेका छन् । साथै, कम्पनीले आउँदो दशैैंसम्ममा विद्युत उत्पादन गर्ने लक्ष्य राखेको छ ।
जनता बैंक नेपाल लिमिटेडको शतप्रतिशत लगानीमा स्थापित जनता क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट कारोवार अनुमति पाएसँगै जनता बैंक नेपाल लिमिटेड र स्पर्श माईक्रोफाईनान्स लिमिटेडको शेयर रजिष्ट्रेशन सम्बन्धी कारोवार शुरु गरिसकेको छ ।
जनता क्यापिटल लिमिटेडले छिट्टै नै लगानी व्यवस्थापन सेवा ९एयचतायष्यि (Portfolio Management Service) सञ्चालनमा ल्याउने तयारी गरिरहेको कार्यकारी निर्देशक सुवेदीले बताए ।















प्रतिक्रिया