७ कार्तिक २०८३, शनिबार

नयाँ दिल्लीबाट सहसचिव किन तानिए ?

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ जेठ । नयाँ दिल्लीस्थित नेपाली दूताबासका इकोनोमिक काउन्सिलर(सहसचिव) कृष्णहरि पुस्कर कर्ण संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा फालिएका छन् । साँघु साप्ताहिकले समाचार छापेकाे छ ।

२०७६ बैशाख २० मा प्रस्तुत सरकारको नीति तथा कार्यक्रमका बारेमा सामाजिक संजालमा अशोभनीय टिप्पणी गरेका कारण उनी तानिएको अनुमान गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहण कार्यक्रममा जानुअघि उनलाई तानिएको खबर सार्वजनिक भएको छ । तर, उनले नयाँ दिल्लीस्थित नेपाली राजदूतावासमा राजदूत निलाम्बर आचार्यसंगै प्रधानमन्त्री केपी ओलीलाई स्वागत गरेका छन्।

लोकमानसिंह कार्की अख्तियारको प्रमुख आयुक्त हुँदा सहसचिव कर्ण विवादमा परेका थिए । भारतले नेपालमाथि नाकाबन्दी गरेको त्यो समयमा नेपाल आयल निगमका तत्कालीन कार्यकारी निर्देशक गोपाल खड्काले इन्धन कालोबजारी गरेको समाचार सप्रमाण सार्वजनिक भयो ।

तत्कालीन आपूर्ति मन्त्री गणेशमान पुनले खड्कालाई स्पष्टीकरण सोधेका थिए । तर लोकमानसिंह कार्कीले आपूर्ति मन्त्रालयदेखि काठमाडौंका प्रमुख जिल्ला अधिकारीसम्मलाई बोलाएर पत्रकारहरुका बीचमा कृष्णहरि पुस्करलाई झपार्न लगाएका थिए ।

दुगडले १ सय ७५ रुपैयाँ लिटरको धारा तेल ३ सय ५० रुपैयाँसम्ममा बिक्री गरेको घटना बाहिर आएको थियो । कालोबजारी गर्ने दुगड र इन्धन ठूला उद्योगलाई बढी मूल्यमा बिक्री गरी लाभ लिने गोपाल खड्काहरुविरुध्द कारबाही गर्न खोज्नेहरुलाई प्रमुख आयुक्त लोकमानले सहसचिव कर्णलाई नै प्रयोग गरी हप्कीदप्की गर्न लगाएका थिए । अपराधीहरुलाई कारवाही गर्न खोज्ने बरिष्ठ सहसचिवहरुलाई अख्तियारमा बोलाएर कनिष्ट सहसचिव कर्णले कारबाही गर्ने धम्की दिएका थिए ।

लोकमानसिंह कार्कीले अख्तियार प्रमुख भइसकेपछि सहसचिव कर्ण र भवानी सुवेदीलाई लगाएर धेरै निजामती कर्मचारीका बिरुद्ध झुटा उजुरी तयार गर्ने र अनाहकमा फसाउने कामसमेत गरेको आरोप पीडितहरुको रहेको छ ।

तत्कालीन प्रमुख आयुक्त कार्कीले प्रतिशोध लिनुपर्ने वा आफूले भनेअनुसारको ठेक्कापट्टा नदिनेहरुलाई कृष्णहरि पुस्कर कर्ण, गोबर्धन श्रेष्ठ र भवानी सुवदीलाई फेक उजुरी तयार गर्न लगाएर बयानमा बोलाउने, १३ पाने भराउनेदेखि मुद्दा चलाउनेसम्म काम गरेको आरोप पीडितहरुको रहेको छ ।

मानिसलाई दशाले घेरेपछि घुमीघुमी आउछ भने झैं यस वर्षको कार्यसम्पादन मूल्यांकनको नम्बर पाउने बेलामा अतिरिक्त समूहमा फालिएपछि सहसचिव कर्णको सचिव बन्ने लाइनमा पनि तगारो लाग्ने भएको छ ।