
काठमाडौँ, १९ जेठ । कामना सेवा विकास बैंक लिमिटेडले क्रमिक रुपमा आफ्नो सेवा विस्तार गर्ने क्रममा प्रदेश नं. १ को मोरङ जिल्लाको धरानरोड, विराटनगर र सुनसरी जिल्लाको इटहरी चोक, इटहरीमा एकैदिन शाखा सञ्चालनमा ल्याएको छ ।
बैंकले आइतबार आफ्नो ८५औं र ८६औ शाखा कार्यालय स्थापना गरि कारोबार शुभारम्भ गरेको हो । बैंकका अध्यक्ष सुदिप आचार्य तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतको उपस्थितिमा नयाँ शाखाहरुको कारोबार शुभारम्भ भएको बैंकले जनाएको छ ।
प्रमुख कार्यकारी अधिकृत बस्नेतले यी शाखा समेत गरि प्रदेश नं. १ मा ७ शाखा पुगेको र थप शाखाहरु पनि शीघ्र सञ्चालनमा आउने बताउँदै देशको उत्कृष्ट औद्योगिक र व्यापारिक क्षेत्र पूर्व नेपालमा शाखा विस्तारले व्यापार प्रवर्धनमा पनि गति मिल्ने बैंकले विश्वास लिएको बताए ।
बैंकले व्यवसाय विस्तारको क्रममा नविनतम प्रोडक्टहरु तथा वृहत शाखा सञ्जालमार्फत आफ्ना ग्राहकहरुलाई उच्चस्तरको बैंकिङ सेवा सुविधाहरु उपलब्ध गराउँदै जाने समेत जानकारी दिएको छ ।
काठमाडौँ –३०, ज्ञानेश्वरमा आफ्नै भवनमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा यी शाखासहित ८६ वटा शाखा कार्यालयहरु तथा ३९ वटा एटीएममार्फत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।















प्रतिक्रिया