४ कार्तिक २०८३, बुधबार

प्रभु बैंकको नयाँ शाखा अछामको साँफेबगरमा

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १७ जेठ । प्रभु बैंकले नयाँ शाखा थप गर्ने क्रममा शुक्रबारदेखि अछामको साँफेबगर नगरपालिका–३ मा शाखा सञ्चालनमा ल्याएको छ ।
बैंकको साँफेबगर शाखाको साँफेबगर नगरपालिकाका नगर प्रमुखश्री कुलबहादुर कुँवरले उद्घाटन गरे । ।

मेयरले कुँवरले क्रममा प्रभु बैंकले देशका सुगम तथा दुर्गम ठाउँमा पुगेर बैंकिङ पहुँचको दायरा वृद्धि गर्दै आफ्नो गुणस्तरीय सेवा विस्तार गर्दै आएकोमा साँफेबगरमा समेत शाखा कार्यालय सञ्चालनमा ल्याएर यस क्षेत्रका सरकारी निकाय, व्यापारी, तथा आम सर्वसाधारणलाई सरल सहज रुपमा प्रभु बैंकको गुणस्तरीय बैंकिङ सेवा उपभोग गर्ने अवसर प्रदान गरेको बताए ।

आजदेखि सञ्चालनमा आएको बैंकको साँफेबगर शाखा कार्यालयबाट यहाँका स्थानीय सर्वसाधारणहरु, फर्म, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुनेछन् र यस क्षेत्रको समग्र आर्थिक विकासमा टेवा पुग्नेछ भन्ने बैंकले विश्वास लिएको प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बताए ।