लण्डन, १७ जेठ । १२औँ संस्करणको विश्वकप क्रिकेटको पहिलो खेलमा आयोजक इंग्ल्याण्डले दक्षिण अफ्रिकालाई १०४ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।
जितसँगै इंगल्यान्डले विश्वकप २०१९ मा सानदार सुरुवात गरेको छ । लण्डनको द ओभल स्टेडियममा बिहीबार भएको विश्वकप २०१९ को पहिलो खेलमा ३१२ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका २०७ रनमा अलआउट भएको थियो ।
दक्षिण अफ्रिकाले ३९.५ ओभरमा सबै विकेट गुमाएको थियो । दक्षिण अफ्रिकाका लागि क्विन्टन डी ककले ६८ र हि भान डेर डुसेनले ५० रन बनाउनुका अलवा अन्य खेलाडीको प्रदर्शन उल्लेखनीय रहेन ।
इंग्ल्यान्डका जोफ्रा आर्चरले ३, लियाम पलंकिट र बेन स्टोक्सले समान २(२ विकेट लिएका थिए । घरेलु मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको इंग्ल्यान्डका चार खेलाडीले अर्धशतक प्रहार गरेर ३११ रना बनाएको थियो ।
जोसन रोय ५४ रन, जाव रुट ५१ रन, कप्तान इयोन मोर्गन ५७ रन र बेन स्टोक्सको ८९ रनको मद्दतमा इंग्ल्यान्डले ८ विकेट गुमाएर ३११ रन बनाएको थियो ।
बलिङतर्फ दक्षिण अफ्रिकाका लुंगी नागिदीले ३ तथा इमरान ताहिर र कगिसो रबाडाले समान २–२ विकेट लिएका थिए । खेलको प्लेयर अफ द म्याच बेन स्टोक्स बनेका थिए ।
विश्वकप २०१९ को दोस्रो खेल शुक्रबार पाकिस्तान र वेस्ट इन्डिजबीच हुनेछ ।















प्रतिक्रिया