४ कार्तिक २०८३, बुधबार

समिक्षा : उत्कृष्ट कन्सेप्ट–गलबन्दी !

57.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गलबन्दी, प्रकाश सपूतको म्युजिक भिडियो । हालसम्म खिचिएका म्युजिक भिडियो यो सृजनाका अगाडि तुलना योग्य छैनन् ।

नेपाली लोक दोहोरी दुनियाँमा कन्सेप्ट कमजोर हुने गरेको थियो । लोक लयलाई स्वीकारे पनि म्युजिक भिडियो परम्परागत बन्दै आएको थियो । तर, गलबन्दीले सबै निरन्तरताको उत्कृष्ट क्रमभङ्ग गरेको छ ।

१५ मिनेट लामो, यो एउटी एकल महिलाले प्रेमराग हुँदै बिहेसम्म हुँदा मृतक पतिसँगका अनेक अनुरागको स्वप्न तस्बिर आँखामा ल्याएको परिदृश्यमा केन्द्रित छ । उनले बितेका पतिबारे आफ्ना छोरालाई बताएको कथामा आधारित छ ।

भाका, लय, स्वर र रोधीघरको वास्तविकतालाई चित्रमा उतारिएको छ । यो प्रयत्न अधिक हिसाबले सफल छ ।

प्रकाश सपूतको स्वर र शान्ती श्री परियारको स्वरले लयलाई उत्कृष्ट बनाएको छ । सपूतको अभिनय र खासगरी मोडल अञ्जली अधिकारीको गीति अभिनयसहितको अभिनय हेर्न लायक छ ।

यो म्युजिक भिडियो कुनै राम्रो सर्ट फिल्मलाई माथ खुवाउने छ । यसको सबैभन्दा राम्रो पक्ष, कन्सेप्ट हो । पश्चिम नेपालको रोधीको असली चित्र चलेको यो म्युजिक भिडियोलाई हाल सम्मकै उत्कृष्ट भन्न सुहाउँछ ।

यसलाई सपूतको उत्कृष्ट लोकलय बोल मायाकै भागका रूपमा व्याख्या गरिएको छ । यसले, बोला माया भाग– २ को परिकल्पना पनि छाडेको छ ।

यो म्युजिक भिडियो र लय उत्कृष्ट हुनेमा कुनै शंका छैन । अझ, टिकटकदेखि अनेक सामाजिक मनोरञ्जनात्मक सञ्जालमा प्रभावकारी हुनु नै यसको उत्कृष्ट कमाई हो ।

सपूतका लागि अब बोल माया–२ कस्तो ल्याउनुपर्ने चुनौति पनि थपेको छ । यसका सबै पक्षमा काम गर्नेहरूले मिहेनत गरेको देखिन्छ ।